कथाकार ड़ा. शङ्कर सुब्बा फागोको निधन

नेपाली साहित्य साधक कथाकार ड़ा. शङ्कर सुब्बा फागोको अस्ति कार्तिक ३ गते साँझ ५ बजे निधन भएको दु:खद खबर छ।
राजधानीमा रहनु हुने उहाँ गत केही दिन यतादेखि पूर्वतिर आफन्तसँग भेटघाटको सिलसिलामा हुनुहुन्थ्यो। त्यस्तैमा छाती दुखेर विराटनगरको नोबेल अस्पताल लैजाँदा त्यहीँ उपचार गर्दागर्दे निधन हुनु भएको हो। उहाँ मुटुको रोगी हुनुहुन्थ्यो। उहाँको हिजो इटहरीमै अन्त्येष्टि भएको कुरा ‘शब्दपथ’लाई उहाँका भदा सुहाम फेवा लिम्बुले जानकारी दिनु भयो।
स्व. शङ्कर सुब्बा फागोका दुई वटा कथा सङ्ग्रहहरू ➽ ‘एउटा हत्या नभएको हत्या’ र ‘बग्दाबग्दै जीवनसँग’ लगायत कृतिहरू प्रकाशित छन्। उहाँले भाषासेवी साहित्यकार महानन्द सापकोटाबारे शोध गरेर विद्यावारिधि प्राप्त गरिसक्नुभएको छ ।
२०१२ साल फागुन १७ गते थेचम्बु, ताप्लेजुङमा जन्मनुभएका स्व. फागोका धर्मपत्नी र दुई छोरी छन्।