सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेकाे थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो । सोमबारको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई एक महिनाभित्र कार्यान्वयनको कार्ययाेजनासहित लागू गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले नेपाल प्रेसलाई  जानकारी दिए ।

Comments are closed.