दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले स्रष्टा सम्मानको घोषणा

काठमाडौँ—दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार यो वर्ष पनि प्रदान गर्ने घोषणा गरेको छ ।

साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘दैवज्ञ विशिष्ट स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।
यसैगरी कवि जसराज किरातीलाई ‘दैवज्ञ साहित्य पुरस्कार’, बालसाहित्यस्रष्टा गोपाल पराजुलीलाई ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ र संस्थागत रूपमा विराटनगर मोरङकी समाजसेवी सीता पोख्रेल ‘पूर्वाञ्चल बालसेवा आश्रमकी’ ‘संस्थापक अध्यक्ष’लाई ‘दैवज्ञ समाजसेवा पुरस्कार’ दिइने भएको छ । पुरस्कारको राशि जनही ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले २०६८ सालदेखि हरेक वर्ष साहित्यकार दैवज्ञराज न्यौपानेको स्मृतिमा पुस २३ गते सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

 

Comments are closed.