काठमाडौँ । संगीतकार दिपक शर्माले युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको आफूद्वारा संगीतबद्ध ११ वटा आधुनिक, लोकपप गीतहरुको सङ्ग्रह ‘दिपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौँमा एक समारोहबीच संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री, गीतकार राधिका अधिकारी र संगीतकार दिपक शर्मा आफैँले यो गीति सङ्ग्रह सार्वजनिक गरेका हुन् ।
अहिलेसम्मको सर्वाधिक १० करोड भ्युज पाएको नेपाली आधुनिक गीत पिरेम नलाउने सहित ११ वटा गीतलाई दिपकको यो सँग्रहमा समेटिएको छ । जसमा दिपकको रचना र संजिव पराजुलीको स्वरको छैन मलाई पिर दिपकको रचना र प्रमोद खरेलको स्वर रहेको छुट्टिएर तिमीसँग दीपककै शब्द र मेलिना राई एवम् पदम राईको स्वरको पछिपछि लागेर दिपकको शब्द र रुपेश चन्द्रको स्वर रहेको बालखैमा दिल बस्यो.सरोज ओलीको शब्द तथा सरोज र मेलिना राईको स्वर रहेको ए है माया गीत सँग्रहित छ ।
यी बाहेक चलचित्रका ६ वटा र अन्य ४ वटा गरेर अरु १० वटा गीतहरुले पनि युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको पनि संगीतकार दीपक शर्माले कार्यक्रममा बताए ।
जीवनमा पहिलो पटक छोराको गीति सङ्ग्रह विमोचन गर्न पाउँदो साह्रै खुसी लागेको बुबा हरिलाल जैशीले कार्यक्रममा बताए । विमोचन समारोहमा उनी निक्कै भावुक भएका थिए ।
गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका संगीतकारमा सबै गीतहरु हिट बनाउने नायकको रुपमा संगीतकार दिपक शर्मा परिचित रहेको बताए ।
यस्तै गीतकार डब्बु क्षत्रीले बजारमा दिपक शर्माको गीत आउनासाथ दर्शकले औधी मन पराउने बताए । नेपालमा सबैभन्दा बढी युट्युबमा करोड भ्युज कमाउने संगीतकारमा दीपक शर्मा नै पहिलो स्थानमा रहेको पनि गीतकार क्षत्रीले जिकिर गरे ।