सन्दीप लामिछानलाई पुनः थुनामा राख्नुपर्ने माग, सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । क्रिकेटरसन्दीप लामिछानेलाई पुनः थुनामा राख्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । एकजना १७ वर्षीया नाबालिग बलात्कार अभियोगमा मुद्दा खेपिरहेका लामिछानेलाई पुनः थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन परेको हो ।
उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्तको कार्यालयले मंगलबार सर्वोच्चमा निवेदन दिएको हो ।
गत पुस २८ गते उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशअनुसार सन्दीप पुस २९ मा रिहा भएका थिए ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सन्दीपलाई रिहा गर्ने उच्च अदालतको आदेश उल्ट्याएर थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन दिएको स्रोतले जानकारी दिएको छ ।
May be an image of 5 people and people standing

Comments are closed.