Trending Now

आगजनीबाट विभिन्न धनमाल जलेर नष्ट

दाङ, २ मंसिर

घोराही उपमहानगरपालिका-१२ माराकोट बस्ने ४२ वर्षीय राम बहादुर रानाले मादक पदार्थ सेवन गरी गएराति आफ्नै खरले छाएको कच्ची घर र एकतले खरले छाएको भान्छा घरमा आगजनी गर्दा नगद, लत्ताकपडा, भाडावर्तन, अन्नपात लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले राम बहादुरलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.