इजरायल आक्रमणमा गोली लागेका धनबहादुर पुगे नेपाल

काठमाडौँ । प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी स्वदेश फर्किएका छन् । उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि चार्टर विमानमार्फत फर्किएका हुन् । उनी अझै हिँड्नसक्ने भने भइसकेका छैन ।

आक्रमणमा १० जना नेपाली विद्यार्थीको हमास समूहको आक्रमणमा निधन भएको छ । घाइतेमध्ये अर्का एक नेपाली पनि डिस्चार्ज भएका छन् भने अन्य दुई जनाको उपचार जारी रहेको छ ।