जीबी राईको हत्या भइसकेको दाबी गर्ने डिल्लीराम प्रहरी फन्दामा

काठमाडौं । सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।खनालले जीबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए । उनीमाथि प्रहरीले तीन दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।