“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” लोकार्पण

साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह  “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको थियो ।

भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपालको  सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले विमोचित कृति र कृतिकारको विषयमा शुभकामना मन्तव्य राखेका थिए ।

‘विसंगत स्वरहरू’ को विषयमा समालोचक प्रमोद प्रधान र सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले समीक्षात्मक मन्तव्य राखेका थिए । “सम्पदाको दर्शन” कृतिका विषयमा भीष्म उप्रेतीले मन्तब्य व्यक्त गरेका थिए ।

दुवै कृतिका स्रष्टाहरु हिरण्यकुमारी पाठक र सुशीला देउजाले लेखकीय मन्तव्य राखेका थिए ।