Trending Now

जनकपुरमा मैथिली इतिहास, भाषा र साहित्यमाथि विमर्श हुँदै

मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यसहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुनेभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउन्डेसनका अध्यक्ष विभा झाले यही जेठ २६–२८ सम्म तीन दिने ‘विमर्श एक दीप चेतनाक’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन् ।

उनले तीन दिनमा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, स्त्री–विमर्श, कविसम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायतका कार्यक्रममा हुने बताइन् ।

कार्यक्रममा साहित्यकार रमेशरञ्जन झाले विमर्शका माध्यमबाट नेपालीपछि सबैभन्दा बढी बोलिने मैथिली भाषा, यहाँको साहित्य, दर्शन र समकालीन समाजका सिर्जनाका विषयमा एउटा निष्कर्षमा पुग्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यक्रमलाई मैथिली साहित्यको महोत्सवका रूपमा मनाउन सबैलाई सहयोगका लागि आग्रह गरे ।

Comments are closed.