बिराटनगर र यातायात व्यवसायी बिच बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिराटनगर ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र यातायात व्यवसायी बिच बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा नेपाल बीमा प्राधिकारण द्वारा आयोजित १ दिने कार्यक्रममा प्रमुख अतिथि खापुङले बीमाबाट कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने बिषयमा सवै जना सचेत रहन र बीमा आर्थिक सुरक्षा, पिडितलाई उचित क्षतिपुर्ति र पिडित मैत्री हुनु पर्ने बिषयमा जोड दिदै बीमा सम्वन्धि भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा कुनै पनि समस्याको समाधान छलफल अन्तरक्रिया र सहकार्यद्वारा नै सम्भव हुने बताउनु भयो । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोद कुमार पोखरेलले बीमाको आवश्यकता र महत्व, नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको सरोकारवालाहरु, बीमाले गर्ने रक्षावरण, बीमा गर्दा र बीमा दावी गर्दा ध्यान दिनु पर्ने कुराहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज श्रेष्ठले सवारी धनीले बीमा गर्दा भवितव्य परेको बेला आर्थिक सहयोग मिल्छ भनेर गरिएको हुँदा आवश्यक प्रक्रिया पुरा हुना साथ बीमा दाबी भुक्तानी हुनु पर्ने बिषयमा जोड दिदै दुर्घटना न्युनिकरणको लागि सबै पक्षले सहकार्य गरी अगाडि वढ्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा धन्यवाद मन्तव्य राख्नु हुँदै कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले बीमा जोखिम वरणका लागि गरिने हुँदा पिडितलाई सम्वन्धित निकायले समयमै क्षेति पुर्ति उपलव्ध गराउन अनुरोध गर्दै प्रहरीले दुर्घटनामा परी घाईते तथा मृत्यु भएका मानिसको तत्कालै उद्धार गरी अस्पताल पुर्याउने र दुर्घटनामा परेका सवारी साधनहरुको समेत सुरक्षा दिई रहेको साथै पिडितलाई आवश्यक सहयोग निरन्तररुपमा गरिदै आएको बताउनु भयो । कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै नेपाल बीमा प्राधिकरण र यातायात व्यवसायीहरु समेतको सहभागीता रहेको थियो ।