कवि राजेश ढुंगानाको कविताकृतिमाथि परिचर्चा

काठमाडौं । स्रष्टा समाज नेपालको आयोजनामा सर्वनाम नाट्यघरमा कवि राजेश ढुंगानाको कविताकृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले कवितामाथि बोल्दै सुकिला मान्छे अरू कोही नभएर सत्तामा बसेकाहरू नै भएको बताए ।
डा. कोइरालाले भने, “वाक्यलाई काव्य बनाउनु चानचुने कुरा होइन । यस कृतिका कवितामा कविले आक्रोश र विद्रोह ओकलेका छन् ।”
प्रा.डा. सावित्री कक्षपतिले कृतिभित्रका ५५ वटा कवितामध्ये केही कविताहरू अत्यन्त सशक्त रहेको बताइन् । उनले भनिन्, “केही कविता यति सशक्त छन्, हरेकलाई घोत्लिन बाध्य बनाउँछ ।”दशकअघि लेखिएका कविताले आजको कथा बोलिरहेको उनको भनाइ थियो ।

साहित्यकार अशेष मल्लले राजेशको राजनीतिक र काव्यिक सक्रियताको चर्चा गर्दै उनीभित्रको आवेग र आक्रोशको बाछिटा उनका कवितामा भेटिने गरेको बताए ।कार्यक्रममा कवि ढुंगानाले आफ्ना पाँच कविता वाचन गरेका थिए भने प्रमोद प्रधान, मीना ढुंगाना, श्रीओम रोदन र देविका तिमिल्सिनाले बोलेका थिए ।

Comments are closed.