‘गोधूलि गीत’ उपन्यासमाथि विमर्श

मकवानपुर, २०८१ बैशाख २९ । पत्रकार तथा लेखक भानु बोखिमको कृति ‘गोधूलि गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श गरिएको छ ।

१० वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको यस कृतिमाथि देवराज तिवारी र सुन्दर दाहालले समीक्षा गर्नु भएको हो ।

जनयुद्धको उद्गमस्थल रोल्पालाई आधार सोही विषयवस्तुमा केन्द्रित भइ लेखिएको यस पुस्तक उहाँको दोस्रो पुस्तक हो ।

‘रुमानी साँझ (२०७४)’ कथा सङ्ग्रहबाट कृतिगत सुरूवात गर्नु भएका बोखिमको दोस्रो कृति ‘गोधूलि गीत’ कलम प्रकाशनले प्रकाशन गरेको हो .  यसको मूल्य ६९५ रहेको छ ।