कानुन व्यवसायी क्लब एवं केडिया फाउन्डेसनद्वारा पुुरस्कार वितरण

काठमाडौँ । कानुन व्यवसायी क्लब एवं केडिया फाउन्डेसनले कानुनसम्बन्धी विभिन्न सम्मान तथा पुुरस्कार वितरण गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यता तथा कानुन व्यवसायी क्लबका अध्यक्ष श्यामप्रसाद खरेलको सभापतित्वमा आयोजित एक समारोहबीच उक्त पुरस्कारहरू वितरण गरिएको हो ।

उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनिधि न्यौपानेलाई स्व. शङ्करलाल केडिया कानुन सम्मान पुरस्कार प्रदान गरिएको छ । यस्तै स्व. शङ्करलाल केडिया स्मृति युवा कानुन पुरस्कारबाट वरिष्ठ अधिवक्ता महेशकुमार थापा र स्व. शङ्करलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कारबाट बेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्यामकुमार भट्टराईलाई पुरस्कृत गरिएको छ ।

स्व. नरेन्द्र (नरराज) दर्शन सिद्धान्त लेखन कानुन पुरस्कारबाट महेश शर्मा पौडेल, स्व. ताराप्रसाद खरेल न्याय प्रशासन लेखन कानुन पुरस्कारबाट टेकनारायण कुँवर, स्व. गणेशलाल÷स्व.पद्मावती निर्भीक लेखन कानुन पुरस्कारबाट मोहन बन्जाडे, कृष्णप्रसाद घिमिरे कानुनी साहित्य मस्यौदा लेखन कानुन पुरस्कारबाट स्निग्ध भट्ट पुरस्कृत भएका छन् ।

यसैगरी स्व. पण्डित खगेन्द्रप्रसाद भट्टराई उत्कृष्ट अङ्ग्रेजी लेखन कानुन पुरस्कारबाट भक्तिराम घिमिरे, स्व. लक्ष्मीप्रसाद वस्ती नवलेखन कानुन पुरस्कारबाट यम विरही, राष्ट्रियता प्रवद्र्धन लेखन कानुन पुरस्कारबाट तिलप्रसाद श्रेष्ठ, स्व. देवनाथप्रसाद बर्मा कानुन व्यावसायिक उत्थान लेखन कानुन पुरस्कारबाट शरदप्रसाद कोइराला, स्व. यज्ञप्रसाद उप्रेती तथा लक्ष्मीमाया उप्रेती फौजदारी कानुन लेखन कानुन पुरस्कारबाट सुवास आचार्य पुरस्कृत भएका छन् ।

यसैगरी नेपाली कानुनी इतिहास तथा प्रणाली अन्वेषणात्मक लेखन कानुन पुरस्कारबाट रुद्रप्रसाद पाठक, स्व. यज्ञप्रसाद उप्रेती तथा लक्ष्मीमाया उप्रेती सम्पत्ति कानुन लेखन कानुन पुरस्कारबाट द्वारिकामान जोशी, स्व. लक्ष्मीमाया उप्रेती उत्कृष्ट महिला हस्ताक्षर कानुन पुरस्कारबाट अधिवक्ता सर्मिला श्रेष्ठ, स्व. विपलसिंह धामी र स्व. परुलीदेवी धामी मानवअधिकार लेखन कानुन पुरस्कार अनिल सुवेदीलाई प्रदान गरिएको छ ।

कार्यक्रमा स्व.मिनप्रसाद÷स्व.मिनु भट्टराई, नैतिक मानवअधिकार लेखन कानुन पुरस्कारबाट डा. महेन्द्रजङ्ग शाह, स्व. लक्ष्मण अधिकारी उप–सेनानीको राष्ट्रिय गौरव लेखन कानुन पुरस्कारबाट वरिष्ठ अधिवक्ता विष्णु लुइटेल, खुमानन्द ज्ञवालीको सम्मान र स्व. आमा–प्रेमकला ज्ञवालीको स्मृतिमा नेपालको संवैधानिक कानुनको विकासमा योगदान लेखन पुरस्कारबाट श्यामकुमार भट्टराई पुरस्कृत भएका छन् ।

स्व. हजुरआमा जसोदाको स्मृतिमा लगानी प्रवर्धन लेखन कानुन पुरस्कारबाट डा. अवतार न्यौपाने, स्व.शर्मिला तथा स्व. अच्यूतकान्त सिलवालको स्मरणमा वातावरणकानुन उत्कृष्ठ लेखन कानुन पुरस्कारबाट चन्द्रबहादुर बस्नेत पुरस्कृत भएका छन् ।