काठमाडौं । बझाङका भूकम्प पीडितलाई राष्ट्रिय युवा संघ नेपालले राहत सामाग्री वितरण गरेको छ ।
मंगलबार गएको भूकम्प परी पीडित भएका घर परिवारलाई संगठनले राहत सामाग्री वितरण गरेको हो ।
संगठनका केन्द्रीय सदस्य लोकेन्द्र बहादुर सिंह लोकेशको नेतृत्वमा गएको टोलीले बझाङ जिल्ला सदरमुकाम आसपासमा रहेका १ सय भन्दाबढी भूकम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
पीडित परिवारलाई ७० बोरा चामल, ५० वटा त्रिपाल, ५० वटा फिना लगाएतका सामाग्री वितरण गरिएको छ । राहत सामाग्री १ लाख ८० हजार रुपैँया मूल्य बराबरको भएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
भूकम्पमा परी एक जनाको ज्यान गएको थियो भने केही मानिसहरू घाइते भएका छन् । भूकम्पले कयौँ निजी आवास र सार्वजनिक संरचना भत्किएका छन् । भूकम्पले गराएको क्षतिको अभिलेखीकरण गर्ने काम भइरहेको छ ।