Trending Now

विभिन्न ठाउँमा आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं, २ असोज

दैलेख, नारायण नगरपालिका-१ डेकेन्द्र चोकमा कल्पना सपिङ हाउस सञ्चालन गरी बस्ने मान बहादुर खड्काको कपडा पसलमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल र भे.९ प २५४ नम्बरको मोरसाइकल समेत जलेर नष्ट भएको छ ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-८ मिलन चोक बस्ने सारधा न्युरेको हंस खाद्य सप्लायर्स(किराना पसल)को गोदाममा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १ करोड ५० लाख रूपैयाँ बराबरको  धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, गोदावरी नगरपालिका-१४ ठैब सरस्वतीटार बस्ने सन्जय महर्जनको केएण्डएम फर्निचरमा आइतबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिरहा, सिराहा नगरपालिका-१८ लक्ष्मीनिया भजनाह बस्ने संजय मण्डलको मोवाईल पसलमा करेन्ट सर्ट भई आइतबार बिहान आगलागी हुँदा पसलका विभिन्न सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय  बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रनमा लिनुका साथैआ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.