काठमाडौं, २० साउन
काठमाडौंस्थित र्याडिसन होटलमा संचालित INTERPOL Project LEADER Policing Capabilities Table top Exercise बिषयक कार्यक्रमको समापन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।
Norwegian Ministry of Foreign Affairs को सहकार्यमा संचालित ३ वर्षे Project LEADER सम्बन्धी कार्यक्रममा नेपाल प्रहरीले विभिन्न समयमा Virtually तथा In-person रुपमा सहभागिता जनाउदै आईरहेकोमा हाल नेपालमा प्रत्यक्ष रूपमा सम्पन्न उक्त कार्यक्रममा INTERPOL Policing Capabilities, Digital Forensics, Use of Digital Forensics tools जस्ता विधामा प्रशिक्षण प्रदान गरिएको थियो । सो कार्यक्रमबाट प्रदान गरिएका विषयवस्तुलाई आगामी दिनमा सहभागीहरुले आ-आफ्नो कार्य क्षेत्रमा प्रयोग गरी Digital Evidence Handling, Information Sharing तथा अनुसन्धानको विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सुरक्षित समाजको लागि प्रहरीहरुको सहकार्यमा थप मद्दत हुने अपेक्षा गरिएको छ ।
Norwegian सरकार, INTERPOL Project LEADER र नेपाल प्रहरीको सह-आयोजनामा एसिया तथा दक्षिणपूर्वी एसियाका नेपालसहित बंगलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, माल्दिभ्स, मंगोलिया, श्रीलंका र भियतनामबाट Digital Forensics, National Centre Bureau, Investigations विधामा काम गर्ने २७ जना प्रहरी अधिकृतहरु सहित INTERPOL को Project LEADER का विशेषज्ञहरुको उपस्थितिमा साउन १६ गतेबाट उक्त कार्यक्रम संचालन भएको थियो ।