Trending Now

डा. मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार रिजाललाई केन्द्रीय कार्यमिति सदस्यमा मनोनित गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवालले पार्टीको विधानको धारा २१ को उपधारा (१०) बमोजिम रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पार्टीकाे अघिल्लाे महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रिजाल पार्टीमा निस्क्रिय जस्तै बनेका थिए ।

त्यस्तै, बिहीबार बसेकाे केन्द्रीय पदाधिकारी बैठकमा महामन्त्री गठन थापा, विश्वप्रकाश शर्मालगायतले महाधिवेशन भएकाे डेढ वर्ष वितिसक्न लाग्दा समेत देउवाले केन्द्रीय कार्यसमितमा मनाेनयन गर्नुपर्ने काेटा रिक्त राखेर मनाेनयन गर्न नसकेकाे भन्दै चर्काे चालाेचना गरेका थिए ।

Comments are closed.