साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदै

साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदैछ
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीका अध्यक्ष, साहित्यकार गीता खत्रीद्वारा लिखित खण्डकाव्य ‘आमा हुन आमा’मा आधारित गीति नाटक “सपना अनेक अनेक” यही श्रावण ५ गतेदेखि २१ गतेसम्म सर्वनाममा प्रस्तुत हुने भएको छ । नेपाली नाट्य क्षेत्रका विशिष्ट सर्जक अशेष मल्लको निर्देशनमा मन्चन हुनेछ । राजु सिंहको संगीत सत्यराज आचार्य र बानिका प्रधानको आवाज रहने छ ।