झापामा ‘हिउँको पृथ्वी यात्रा’ प्रदर्शन हुने

राजधानीका ५ विभिन्न स्थानसहित शिल्पी थिएटरमा ३३ शो गरिएको ‘हिउँको पृथ्वी यात्रा’ देशका विभिन्न ठाउँमा प्रदर्शन हुने क्रममा झापा पुगेको छ । त्यसभन्दा पहिले भरतपुर, धनुषा र सुनसरी जिल्लामा १२ पटक नाटक देखाइसकिएको छ । झापाको स्थानीय परिवर्तन थिएटरको संयोजनमा ६ वटा शो गरिनेछ ।

घिमिरे युवराज र अमजद प्रवेजको लेखन/ निर्देशन रहेको नाटकले हिमालबाट बग्दै बग्दै आएका नदीले आफ्नो कथा कहन्छन् । पवित्रा खड्का, संगीता उरााव, झकेन्द्र बिसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार, ज्याक बराललगायत कलाकारको उम्दा अभिनय रहेको नाटकको शक्तिशाली पक्ष संगीत हो । अनुप तिमिल्सिना र स्मारिका फुँयालको मिठो स्वरले नाटक बेजोड बनेको छ ।

आगामी नोभेम्वरमा भारतको असममा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य उत्सवमा पनि प्रदर्शन गरिने निर्देशक घिमिरेले जनाए ।

Comments are closed.