दुबसु क्षेत्री जापानकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

परराष्ट्र सेवामा लामो अनुभव बटुलेका परराष्ट्रविद् कवि दुबसु क्षेत्री जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालयले हिजो प्रकाशित गरेको विज्ञप्ति अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रीपरिषदको सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई राजदूत नियुक्त गर्नु भएको हो।

साहित्यका क्षेत्रमा दुबसुका नामले प्रख्यात क्षेत्री कवि, गीतकार, गजलकार, अनुसन्धाता, सम्पादकका रूपमा स्थापित छन् । दर्जनौँ कृति प्रकाशित गरेका क्षेत्री नेपाल–जापान लेखक संघका अध्यक्ष पनि हुन् । जापानी भाषा, साहित्य, संस्कृतिसँग परिचित क्षेत्रीले जापान रहँदानेपाली भाषा, साहित्य र संस्कृतिको प्रचारप्रसारमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा नेपाली साहित्यकार र संस्कृतिकर्मीहरूले गरेका छन् ।