Trending Now

बाजुरा: भुकम्पका कारण एक काे मृत्यु एक घाईते

आज दिउँसो आएको भुकम्पका कारण बाजुरामा १ जनाको मृत्यु भएको छ ।केही घाइते पनि भएका छन् भने धेरै घर, मन्दिर, स्कूल आदि मा क्षति भएको छ।बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ । मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानियले बताएको प्रहरीको भनाइ रहेको छ । घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन । थापाले भने स्थानियले दिएको जानकारी अनुसार अपुस्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछी मात्र जानकारी हुने उनले बताएका छन ।

त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन । जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाईते भएको स्थानिय सुवास राेकायाले बताएका छन । उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानिय सुवास रोकायाले जानकारी दिएका छन ।
अहिले सम्मका तथ्याक अनुसार बडिमालिका नगरपालिका ७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपािलका ८ का हर्क गुरुग र बिरजिते चदाराका घरहरु भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएको र मानविय क्षेती नभएको स्थानिय पत्रकार राम बहादुर बिकले बताएका छन । जिल्लामा दर्जनौ घरहरुमा क्षेती गरेको अनुमान गरिएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिम र कणर्ालीका अधिकांश जिल्लामा भएको थियो।

Comments are closed.