दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै

 

काठमाडौँ — काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रदर्शन स्थलबाट फरार रहँदै आएका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ।
कानुनविद्, मानवाधिकारकर्मी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको रोहबरमा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको जिम्मा लगाएर झापाको भद्रपुर विमानस्थलबाट आजै काठमाडौं ल्याइने भएको हो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि दुई जनाको ज्यान गएको थियो। त्यसक्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। सुरक्षाकर्मीहरूलाई गाडी लिएर किच्न खोजेका प्रसाईं त्यही दिन फरार भएका थिए। फरार रहेकै अवस्थामा प्रसाईंले बुधबार मात्रै आफ्नो जीवनरक्षाको सुनिश्चित भए प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए।
सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चितता भए २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए।