राष्ट्रिय सभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नकाे अर्थमन्त्रीले जवाफ दिने

काठमाडाें । राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे सवा १ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।
बजेटमाथिकाे छलफल सकेर आजै अर्थमन्त्री वर्षमान पुनले सांसद्काे प्रश्नकाे जवाफ दिनुहुने कार्यसूची हरेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा ३ शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधि सभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पस्तुत गर्न लागिएकाे हाे ।