इकोबिटको मनसुन अफर, विद्युतीय स्कुटरमा २१ हजारसम्मको छुट

काठमाडौं । ग्लोबल सेभेन प्रालिले इकोबिटका विद्युतीय स्कुटरका लागि मनसुन अफर ल्याएको छ । बढ्दो वातावरण प्रदूषणलाई मध्यनजर गर्दै कम्पनीले शुक्रबारदेखि असार मसान्तसम्म लागू हुनेगरी यो अफर ल्याएको हो ।

यस अन्तर्गत इकोबिट ब्रान्डका स्कुटरमा २१ हजार छुट, निःशुल्क हेल्मेट, एक वर्षको कर र बीमा शुल्क भुक्तानी दिने कम्पनीको भनाइ छ । इकोबिट ब्रान्डका आर थ्री, आर थ्री प्रो, भ्याक्स, ई-रेट्रो स्टार र किड्स बाइक १.० मोडेलमा यो अफर पाउन सकिन्छ ।

आर थ्री

३००० वाट क्षमताको हब मोटर जडित यस मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथियम ब्याट्री प्याक उपलब्ध छ । यसलाई एक पटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरको मूल्य डबल ब्याट्रीमा तीन लाख ८० हजार तोकिएको छ । मनसुन अफर अन्तर्गत छुट सहित तीन लाख ५९ हजार रुपैयाँमा यो स्कुटर खरिद गर्न सकिन्छ ।

आरथ्री प्रो

४००० वाट क्षमताको साइड मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथियम ब्याट्री प्याक उपलब्ध छ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी गरेको छ । यो स्कुटरको मूल्य डबल ब्याट्रीमा साढे पाँच लाख रुपैयाँ र सिङ्गल ब्याट्रीमा चार लाख ३० हजार रुपैयाँ रहेको छ । मनसुन अफर अन्तर्गत यो स्कुटर डबल ब्याट्री र सिङ्गल ब्याट्रीमा क्रमशः पाँच लाख नौ हजार र ४ लाख नौ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

भ्याक्स 

३००० वाट क्षमताको मोटर जडित यस मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड ब्याट्री प्याक रहेको छ । कम्पनीका अनुसार एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य दुई लाख एक हजार रुपैयाँ रहेको छ । मनसुन अफरमा यो स्कुटर एक लाख ८० हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

ई-रेट्रो स्टार

२००० वाट क्षमताको मोटर जडित यस मोडेलमा ४८ भोल्ट २६ एएचका लिथियम ब्याट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरको मूल्य डबल ब्याट्रीमा तीन लाख ३४ हजार र सिङ्गल ब्याट्रीमा दुई लाख २५ हजार रुपैयाँ तोकिएको छ । मनसुन अफर अन्तर्गत छुटमा यो मोडेल डबल ब्याट्री र सिङ्गल ब्याट्रीको मूल्य क्रमशः तीन लाख १३ हजार र दुई लाख चार हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

कोड्स बाइक १.०

५०० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट ८ एएचका लिड एसिड बेट्री प्याक उपलब्ध छ । कम्पनीका अनुसार एकपटकको फुल चार्जमा यस मोडेलले ४० किलोमिटर रेञ्ज दिन्छ । यो किड डर्ट बाइकको मूल्य एक लाख ७६ हजार रुपैयाँ रहेको छ । मनसुन अफर अन्तर्गत ‍यो स्कुटर एक लाख ५५ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । #Techpana