काठमाडौं-४ बाट गगन थापा विजयी

काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । उनको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

Comments are closed.