तेह्रथुम प्रदेशसभा (क) मा एमालेका किशोरचन्द्र दुलाल निर्वाचित

तेह्रथुम, मंसिर ९ ।

तेह्रथुमको प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार किशोरचन्द्र दुलाल निर्वाचित हुनुभएको छ । उहाँले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत प्राप्त गर्नुभयो ।

मतपरिणाम  अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पार्नुभएको हो । प्रदेशसभा (क) अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् । यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकोमा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Comments are closed.