रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्य निर्वाचित

रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको जानकारी दिँदै आचार्य विजयी भएको र निर्वाचन कार्यालयले आधिकारिकरुपमा मतपरिणाम भने सार्वजनिक गर्न बाँकी रहेको कुरा पनि जानकारी दिए ।

Comments are closed.