काठमाडौं-५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं – काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । पौडेल १५२४३ मत ल्याउँदै विजयी भएका हुन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् ।

Comments are closed.