Trending Now

ललितपुर २ (ख) मा कांग्रेसका रामकृष्ण चित्रकार विजयी

ललितपुर, मङ्सिर ६ गते। ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकामीले कांग्रेसका चित्रकार छ हजार ९९५ मतले विजयी हुनुभएको जानकारी दिनुभयो। उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ज्ञानेन्द्र शाक्यले छ हजार ८३२ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, हाम्रो नेपाल पार्टीका मंगलकृष्ण श्रेष्ठले पाँच हजार ९५४ मतले तेस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टीका हसिना शाक्य तीन हजार ७८५ मतले चौंथो र नेपाल मजदुर किसान पार्टीका महेन्द्र बज्रचार्यले एक हजार १६८ मतले पाँचौ स्थान हासिल गर्नुभयो।

Comments are closed.