Trending Now

झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

मङ्सिर  झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो। 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अग्नि खरेलले २५ हजार ३४९ मत पाउनुभएको छ। खरेलभन्दा १४ हजार २७५ मत बढी ल्याएर शर्मा विजयी हुनुभएको हो। 

२०७० मा एमालेका नेता रबिन कोइराला र २०७४ सालमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का राम कार्कीसँग शर्मा पराजित हुनुभएको थियो। 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रखर वक्ता र साहित्यकार पनि हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै अरुसँग सहकार्य र मेलमिलापको वातावरण बनाउन खप्पिस नेता शर्माको यही गुणले अहिलेको विजय चुम्न सफलता मिलेको हो ।

 

Comments are closed.