काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै थापाले चुनाव अति महँगो बन्दै गएको बताउनुभयो । थापाले यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
यी लगायतका विषयमा छलफल गरी संविधान संशोधन गर्न आवश्यक रहेको थापाले प्रष्ट पार्नुभयो । सरकामा रहेका दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने थापाले जानकारी दिनुभयो ।
कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताउँदै थापाले माओवादी केन्द्र तथा मधेस केन्द्रित राजनीतिक दलहरूसँगको समझदारीबाट संविधान संशोधन गरिने थापाले स्पष्ट पार्नुभयो । ‘दलहरूको बिचमा समझदारी बनाउँछौँ र न्यूनतम कुराहरू संशोधन गर्छौँ, एउटा राजनीति दलले निर्वाचनमा लोकप्रिय मत पाउँदा पनि अर्को एउटा सानो दलसँग टाँसिन जानुपर्ने बाध्यताबाट संविधानलाई बाहिर निकाल्न पर्नेछ’, उहाँले भन्नुभयो ।
कांग्रेसले ०८४ मा यो यो ग¥यौँ भन्ने हैसियत बनाएर चुनावमा जानुपर्ने बताउँदै उहाँले सरकारको धेरै फेरबदल र चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने बताउनुभयो । अहिलेदेखि २०८४ सम्मको सबै कामको जिम्मा कांग्रेस र एमालेले लिएर २०८४ को चुनाव लड्नु पर्नु उहाँको धारणा छ । ‘यो तीन वर्षमा या ेयो ग¥यौँ भन्ने हैसियत बनाएर जानुपर्छ, अब हामीले जिम्मा लिएर जानुपर्छ, सरकारको धेरै फेरबदल, यताउता गर्ने, धेरै चकचक गर्ने, यस्तो च्याप्टर बन्द गर्नुपर्छ’, उहाँले भन्नुभयो ।