गोविन्दराज भट्टराईको ‘निर्वाचित निबन्धावली’ सार्वजनिक

अंग्रेजी भाषाका प्राध्यापक गोविन्दराज भट्टराईले आफ्नो परिवेश तथा समय–समाजको सन्दर्भमा लेखेका आत्मपरक १९ निबन्धको संग्रह ‘निर्वाचित निवन्धावली’ प्रकाशनमा आएको छ ।

विशेषत आफ्नो प्राध्यापकीय जीवन र दैनिकी तथा कोरोनाकालमा बेहोरेका बुहार्तनलाई निबन्धकार भट्टराईले आख्यान तथा वर्णन भरेर निबन्धमा उतारेका छन् । कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको आडभरोसामा ज्ञान–विज्ञान र प्राध्यापनदेखि ‘संसार एक गाउा’को शैलीमा दैनिकी बिताइरहेको एउटा सचेत प्राध्यापक कुनै कारण र तर्कबिनै छिमेकी देशले लगाइदिएको नाकाबन्दीको सन्त्रासमा पनि विचलित देखिएका छन् ।

‘यस्तो बेलामा लाग्छ‒एउटा ठूलो राष्ट्रको नजिक हाम्रो बास हुनु कत्रो दुर्भाग्य रहेछ । गाउँमा ठूला सामन्तको वरिपरि आश्रित निरुपाय गरिब दुस्खी बसेझैं’,निबन्धकार भट्टराईले ‘नाकाबन्दीको प्रशंसामा समर्पित केही शब्द’ निबन्धमा भनेका छन् ।

स्वदेश प्रकाशनले प्रकाशित गरेको यो निबन्ध संग्रहबारे समीक्षक अनिता पन्थीले ‘सूक्ष्म तर कठिन विषयलाई बोधगम्य तरिकाले प्रस्तुत गरिएको लेखन’ भनेर टिप्पणी गरेकी छिन् ।

‘भट्टराईको निबन्धमा वैचारिकता र भावनात्मकताको सन्तुलित संयोजन भेटिन्छ,’ पन्थीको समीक्षा छ । निबन्धकार भट्टराईका यसअघि ‘एक्लै एक्लै एक्लै’, ‘विश्वविद्यालयमा अग्निपूजा’, ‘सँगै बसौं यो रात’, ‘गोधुलीमा दस पाइला’सहितका निबन्धसंग्रह प्रकाशनमा आइसकेका छन् ।

Comments are closed.