‘थाहा फोटो प्रदर्शनी २०७९’ सकियो 

थाहा फोटो प्रदर्शनी २०७९’ सकिएको छ । थाहा नगरपालिकाद्वारा काठमाडौंको वसन्तपुरमा आयोजित फोटो प्रदर्शनीले त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।मकवानपुरको उत्तरी क्षेत्रलाई झल्काउने तीन दिवसीय उक्त प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १३ हजार जनाले अवलोकन गरेको बताइएको छ । दामन, पालुङ, चित्लाङ तथा कुलेखानीको पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनीमा राखिएको थियो ।

उक्त प्रदर्शनीमा राखिएका फोटोहरू जर्मनी, न्युजिल्यान्ड, क्यानाडा र युक्रेनका पर्यटकले खरिद गरेका थिए । करिब २५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।

स्थानीय युवा गणेश विष्टले खिचेका फोटो प्रदर्शनी कात्तिक १८ गतेबाट सुरु भएको हो । थाहा नगर र इन्द्रसरोबर आसपासका पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, जीवन यापन, कला, संस्कृति, धार्मिक स्थलहरु आदि समेटिएको फोटो बढी बिक्री भएको थियो ।

Comments are closed.