काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ अभियुक्तलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमित दिएको छ ।
सरकारी वकिलको कार्यालयले मंगलबार मा पक्राउ परेका १६ जनालाई थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतमा उपस्थिति गराएर अनुमति मागेको थियो । त्यसै अनुसार उनीहरुलाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।
यसअघि उक्त घटनाका ३३ अभियुक्तामाथि राज्य द्राेहसहित संलग्नता हेरी संगठित अपराज, ठगीलगायत मुद्दा चलाउन राय सहितकाे प्रतिवेदन प्रहरीले सरकारी वकिलकाे कार्यालयलाई बुझाएकाे थियाे । अब सरकारी वकिलका कार्यलायले अदालतमा उनीहरूविरूद्ध अदालतमा मुद्दा दर्ता गर्ने छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने उक्त प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, खाँणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसी पक्राउ परिसकेका छन् । बाँकी १७ जना फरास सूचीमा छन् ।