मेथी: खानुका फाइदा

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रूपमा रहने गर्दछ । मेथीको साग महत्त्वपूर्ण हरियो तरकारीको रूपमा रहेको छ । प्राचिन काल देखिनै यसको औषधीय गुणका कारण तरकारी तथा औषधीको रूपमा यसको प्रयोग गरिंदै आएको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ ।

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

फाइदा :

१. मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ।

२. मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ ।

३. मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टि अक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्दछ ।

४. मेथी दाना सेवन गर्नाले शरिरमा एसिड लेवल नियन्त्रण गर्दछ जसले एसिडिटीको समस्या टाढा राख्दछ ।

५. मेथीमा प्रसस्त मात्रामा फाइबर पाइने हुनाले नियमित यसको सेवनले शरिरको तौल घटाउन मद्दत गर्दछ ।

६. मेथीको दानाले हाम्रो शरिरको बिकारयुक्त पदार्थहरु बाहिर निकाल्न सहयोग गर्ने हुदाँ क्यान्सरको खतराबाट समेत बचाउँछ ।

७. मेथीमा पाइने एन्टिब्याक्टेरियल पदार्थले हामिलाई रुघाखोकी र भाइरल ज्वरो बाट बचाँउछ ।

८. यसमा पाइने एन्टिअक्सिडेन्टले छाला चम्किलो र स्वस्थ राख्न समेत मद्दत गर्दछ ।

९. मेथी दानामा पाइने पोटासियमले रक्तसञ्चार राम्रो बनाउछ जस्ले उच्च रक्तचापको समस्या नियन्त्रण गर्दछ ।

१०. नियमित रुपमा बिहानै खालिपेटमा एक चम्चा मेथीसेवन गर्नाले कब्जियतको समस्या समेत ठिक हुन्छ ।