फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहाेरेकाे छ ।

दशरथ रंगशालामा मंगलबार राति भएकाे दाेस्राे चरणकाे दाेस्राे खेलमा नेपाल पाहुना टोली यमनसँग २-० गोल अन्तरले पराजित भएको हो ।यमनको जितमा ओमार अब्दुलाह अल दाही र मोहम्मेद अब्दुलाह अल दाहीले गोल गरे ।

पहिलो हाफमा यमनलाई गोलरहित बराबरीमा राेकेकाे नेपालले दाेस्राे हाफमा २ गाेल खाएकाे हाे ।

कात्तिक ३० गते दुबईमा भएकाे दाेस्राे चरणकाे पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएईसँग) ४-० ले पराजित भएकाे थियाे ।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।