Trending Now

महंगोमा बिक्यो ‘पशुपति प्रसाद २ : भष्मे डन’ को डिजिटल राइटस्

काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को डिजिटल अधिकार ओएसआरले किनेको छ । छायांकन प्रारम्भ नहुँदै फिल्मको डिजिटल अधिकार ९५ लाख रुपैयाँ तिरेको ओएसआरका ओम अग्रवालले बताए । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।

फिल्म निर्देशक खगेन्द्र लामिछानेले निर्माण गर्न लागेका हुन् । फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ । काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर छायांकन हुने फिल्ममा ‘पशुपति प्रसाद’ मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रविन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहनेछ ।

Comments are closed.