अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतको अभिनय रहेको फिल्म ‘परदेशी २’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गर्दै आगामी दसैंमा फिल्म प्रदर्शन गर्ने तयारी गरेको छ । नारायण रायमाझी निर्देशित फिल्म असोज १४ अर्थात फूलपातीको दुई दिनअघि प्रदर्शनमा आउने बताइएको छ ।
यो फिल्म गायक सपुतको डेब्यू फिल्म पनि हो । फिल्ममा केकी र सपुतसँगै दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटीलगायतको अभिनय छ । ‘परदेशी’मा वैदेशिक रोजगारीको विषय समेटिएको थियो भने यसको सिक्वेलमा विद्यार्थीहरुको विदेश मोह समावेश छ ।
फिल्ममा अन्य कलाकार नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । यसअघि नारायण इन्टरनेश्नलले ‘गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण गरेको थियो ।