Trending Now

फिल्म ‘टुल्की’ चैत्र ३ मा प्रदर्शन हुने

बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ अगामी चैत्र ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक देवजङ्ग थापाले फिल्म चैत्रमा प्रदर्शन गर्न लागेको  जानेकारी दिए । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित फिल्म  ‘टुल्की’ द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको हो । डोल्पामा छायांकन भएको फिल्म शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ ।

शेखर लामाको प्रस्तुति र आरपी कर्माचाय र उजेली लामा निर्मातामा रहेको फिल्मको लेखन लक्ष्मण सुनारले गरेका हुन् । फिल्ममा तारा थापा किम्भेको सम्पादन, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी छ ।  त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण फिल्मले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड हात परेको थियो ।

Comments are closed.