बुटवलको डेल्टा कम्प्लेक्समा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा लागेको आगो करिब तीन घण्टापछि निभाइएको छ ।प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको हो । साँझ करिब साढे ७ बजेदेखि कम्प्लेक्समा लागेको आगो निभाउन रुपन्देही र छिमेकी जिल्ला नवलपरासी पश्चिम सहितका १२ वटा दमकल प्रयोग गरिएको थियो ।
डेल्टा कम्प्लेसको चौथो तल्लाबाट आगो लाग्न थालेको थियो । आगलागीबाट उक्त कम्प्लेक्समा रहेका सबै पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (प्रहरी नायब उपरीक्षक) विजयराज पण्डितले जानकारी दिनुभयो ।
डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री, विभिन्न विद्यालयका पाठ्यपुस्तक तथा किरानालगायत विभिन्न प्रकारका सामान बिक्री गर्ने पसल थिए । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ ।