नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो तस्बिर सार्वजनिक

स्पेस एजेन्सी नासाले अन्तरिक्षको विशेष तस्बिर पठाएको छ । यो फोटो आफैंमा अचम्मको छ किनभने यसलाई नासाको नयाँ स्पेस टेलिस्कोप (जेम्स वेब स्पेस टेलिस्कोप) बाट खिचिएको छ । फोटो आफैँमा अचम्मको यसकारण किन छ भने यसले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य देखाउँछ ।

जेम्स वेब स्पेस टेक्नोलोजीबाट खिचिएको ब्रह्माण्डको तस्बिर सोमबार सार्वजनिक गरिएको हो । यसका लागि ह्वाइट हाउसमा प्रिभ्यू इभेन्ट राखिएको थियो । राष्ट्रपति जो बाइडेनले यो तस्बिर सार्वजनिक गरेका हुन् । यो मौकालाई बाइडेनले ऐतिहासिक बताएका थिए ।

नासाको नयाँ टेलिस्कोपको यो फोटो निकै विशेष छ । ब्रह्माण्डको खिचिएको तस्बिरमा यो सबैभन्दा गहिरो इन्फ्रारेड तस्बिर हो ।