कांग्रेसकी रूपा वि.क. सरकारमा दलित समुदायबाट पहिलो राज्यमन्त्री

काठमाडाैं । नेपाल सरकारकाे मन्त्री मण्डलमा दलित समुदायबाट पहिलो मन्त्रीको प्रवेश भएकाे छ ।

केपी शर्मा ओली नेतृत्वको अहिलेको संघीय सरकारमा गत असार ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा दलित समुदायको प्रतिनिधित्व शून्य भएकाे भन्दै आलाेचना समेत भएकाे थियाे ।

प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गर्नुभएकाे छ ।

जसमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य रूपा वि.क. वन तथा वातावरण राज्यमन्त्री बन्नुभएकाे छ ।

कांग्रेसको २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएकी रुपा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।