साहित्यकार कैनीका पाँच कृति सार्वजनिक

काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीका पाँच वटा कृतिको लोकार्पण गरिएको छ ।
कथासङ्ग्रह भीसागर्ल, कवितासङ्ग्रह ‘रंगको पहिचान र सीमाहीन सीमा, निबन्धसङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु र जगलसङ्ग्रह ‘प्रतिविम्ब सहित पाँच कृतिहरु एकसाथ लोकार्पण गरिएको हो ।
प्रा.डा. अभि सुवेदी, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अमरराज कैनी, साहित्यकार डा. प्रभा कैनी, प्र।.खुमनारायण पौडेल, प्रतीक ढकाल, रमेश पौडेललगायतका वक्ताहरुले कृतिको विविध आयायका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमा वक्ताले एकैपटक साहित्यका विभिन्न विधामा कलम चलाएर कैनीले आफूलाई सशक्त लेखनशक्ति भएको साहित्यकारका रुपमा उभ्याएको बताउनुभयो ।