Trending Now

नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई आइपिओ निष्कासन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ ।  जसमा  एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेड  परेका छन् ।

एशियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको हो।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। यो कम्पनीले पनि स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको हो।

कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

यस्तै, सुपर मादी हाइड्रोपावरले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि २ करोड १० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

त्यसैगरी, माया खोला हाइड्रोपावरले १ करोड कित्ता आइपिओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका उक्त आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यस्तै, शुभम पावरले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको हो।

कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यी पाँच कम्पनीले कुल ४ करोड १४ लाख कित्ता आइपिओ निष्कासन गर्नेछन्।

Comments are closed.