इरानी पाँच रिभोलुसनरी गार्ड अफिसरहरू इजरायली आक्रमणमा मारिए

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) का पाँच अधिकारीहरू शनिवार राजधानी दमास्कसको एक आवासीय क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा मारिएका छन्।

उक्त क्षेत्रमा बसोवास गर्ने एक प्रत्यक्षदर्शीका अनुसार आकाशमा चारदेखि छ वटा क्षेप्यास्त्रहरू द्रुत रूपमा प्रहार भएको थियो। माज्जेहको पश्चिमी विलामा मुहम्मदी मस्जिद नजिकैको क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो। लक्षित भवन इरानको आइआरजिसीसँग संवद्ध एकाईले कब्जा गरेको थियो।