आज परराष्ट्रमन्त्री आरजु राणा नयाँ दिल्ली जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।भारतीय समकक्षीको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा पाँच दिने भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँन लाग्नुभएकाे हाे ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री राणाले भदौ २ देखि भदौ ६ गतेसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वर्षौ पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ । परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।