अनेसास गण्डकी प्रदेश समिति गठन तथा रचना वाचन कार्यक्रम सम्पन्न

पाेखरा १६ मंसिर । अनेसास नेपाल च्याप्टरको आयोजनामा अनेसास गण्डकी प्रदेश गठन सम्पन्न गरिएको छ। नयाँ समितिका अध्यक्ष देवेन्द्र केसी ‘देबु ‘ बन्नु भएको छ।
अनेसासले अध्ययन, रोजगारी, व्यापार वा अन्य विभिन्न सिलसिलामा परदेशिएर लामो समय मातृभूमिबाट टाढा रहेका नेपाली मनहरुले आफ्नो देशको माटो, भाषा, संस्कार र संस्कृतिलाई झल्झली सम्झिएर सो को जगेर्नाहेतु विशेषतस् साहित्य, संगीत र शिक्षाका माध्यमबाट घरदेश र परदेशकाबारे जागरण अभियान स्वरुप अन्तर्राष्ट्रिय साहित्य समाज गठन गरेर स्तुत्य कार्यहरु गर्दै आउनुभएकोछ।अहिले आएर अमेरिकाको न्युयोर्कस्थित अनेसासको केन्द्रीय समिती लगायत विश्वका करीव ४४ मुलुकहरुमा यसका च्याप्टरहरु गठन भैसकेका छन् ।

जन्मथलो नेपाल च्याप्टर पनि गठन भई अनवरत क्रियाशिल रहेकोछ । अनेसास केन्द्र न्युयोर्क अन्तर्गत अनेसास नेपाल च्याप्टर र नेपाल च्याप्टर अन्तर्गत प्रदेश समितिहरुको आवश्यकता महशुस भई विगतमा पनि प्रदेश समितिहरु गठन भएकाेमा यसबारे केही दुबिधा उत्पन्न हुन गएकाेमा प्रदेश समितिहरु केही समय निष्कृय हुन पुगेका थिए ।

तर अनेसास सदस्यहरु आआफ्ना सिर्जनाहरुका माध्यमबाट साहित्य, संगीत र समाज सेवामा भने अनवरत लागिरहेकै थिए । हाल आएर अनेसास केन्द्रीय समिति नयाँ चयन भैसकेपछि प्रदेश समितिहरुको टड्कारो आवश्यकता महसुस भै केन्द्रबाटै नेपाल च्याप्टरलाई प्रदेश समिति कायम गर्न लिखित सहमति प्राप्त भएपछि अनेसास नेपाल च्याप्टरको सक्रिय पहलमा मंसिर १५ गते पोखरामा भएकाे एक भव्य समारोहबीच देवेन्द्र के‍‍सी ‘देवु’काे अध्यक्षतामा अनेसास गण्डकी प्रदेश समितिको नयाँ समिति गठन भई प्रमाणपत्र वितरण तथा गोपनियताको सपथ ग्रहण भईसकेकाे छ ।
उक्त कार्यक्रमका अध्यक्षता अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के सीले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ रहेका थिए ।
विशेष अतिथी पूर्व प्राज्ञ तथा वरिष्ठ लोक गायिका हरिदेवी कोईराला, अतिथी रविन शर्मा सचिव अनेसास केन्द्रीय कार्य समिति, अतिथि सुमन वर्षा सदस्य केन्द्रीय समिति, अतिथी महेश्वर पन्त अनेसास बोस्टन च्याप्टर अध्यक्ष, अतिथी दुर्गा बहादुर शाह बाबा कार्यक्रम संयोजक तथा उपकुलपति पुतली बजार प्रज्ञा प्रतिष्ठान, अनेसास क्यानाडाक पूर्व केंद्रीय महासचिव तथा क्यानाडा च्याप्टरका संस्थापक अध्यक्ष सुरेन उप्रेती, नेपाल च्याप्टरका अन्य सदस्य, पोर्चुगल च्याप्टरका महासचिव एन बि अन्जान, कतार च्याप्टरका पूर्व अध्यक्ष प्रेम भट्टराई लगायतको उपस्थिति रहेको थियो।

महेश्वर पन्तको गजलगायन तथा विशेष रचनावाचन समारोह
कार्यक्रमको पहिलो सत्रको संचालन रञ्जना निरौला, महासचिव अनेसास नेपाल च्याप्टरले गर्नुभएको थियो । जसमा स्वागत मन्तव्य कार्यक्रम संयोजक दुर्गा बहादुर शाह बाबा सदस्य अनेसास नेपाल च्याप्टरले गरे । सो पश्चात् राष्ट्रिय गान तथा ब्यानरमा हस्ताक्षर गरि कार्यक्रम उद्घाटन प्रदेश समिति घोषणा तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
अनेसास गण्डकी प्रदेश समितिको नयाँ समितिमा चयन हुनेहरुमा कवि गीतकार देवेन्द्र केसी ‘देवु’ अध्यक्ष, साहित्यकार दुर्गा न्यौपाने उपाध्यक्ष, महासचिव साहित्यकार तथा समालोचक असफल गौतम, सचिव लघुकथा समाजका अध्यक्ष कल्याण पन्त, कोषाध्यक्ष पत्रकार कृष्ण रानाभाट, सदस्य साहित्यकार सरस्वती शर्मा जिज्ञासुलाई चयन गरियाे ।
यसै कार्यक्रमकाबीच कवि, गीतकार तथा अनेसास गण्डकीका नवनियुक्त अध्यक्ष देवेन्द्र के सी ‘देवु’ का दुई नविनतम कृति मुक्तक संग्रह, दृढ संकल्प तथा गीति एल्वम देवु भाग ३ को गृह विमोचन गरियाे ।

कार्यक्रमका सभाध्यक्ष अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र के सी, प्रमुख अतिथी पुर्व कुलपति सरुभक्त श्रेष्ठ, बिशेष अतिथी पुर्व प्राज्ञ हरिदेवी कोईराला तथा मञ्चासिन अतिथीहरुले सामुहिक रुपमा गरे । साे अवसरमा अनेसास नेपाल च्याप्टरका सदस्य तथा पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गा शाह बाबालाई अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के सीले बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरे ।
अनेसास गण्डकी प्रदेश गठन, प्रमाणपत्र वितरण, गोपनियताको सपथ र मुक्तक संग्रह तथा गीति एल्वम् विमोचन पश्चातको कार्यक्रम अनेसास गण्डकी प्रदेशका नव नियुक्त महासचिव असफल गौतमले संचालन गरे । सो कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष कवि गीतकार तथा साहित्यकार महेश्वर पन्तले कार्यक्रमको विशेष आकर्षण गजल गायन कार्यक्रम गरि माहोललाई गजल तथा संगीतमय बनाए ।
उक्त अवसरमा मुक्तक संग्रहदृढ संकल्प र गीति एल्वम् देवुका श्रष्टा तथा नवनियुक्त अनेसास गण्डकी च्याप्टका अध्यक्ष देवेन्द्र के सी देवुले आफ्ना कृति पोखरामा गृह विमोचन गर्न पाउँदा हर्षित भएको भन्दै आफ्ना मुक्तकहरु र गीत समेत सुनाए। उनले नव नियुक्त अध्यक्षको जिम्मेवारीवहन इमानदारी र निष्ठापूर्वक अनेसास केन्द्र र नेपाल च्याप्टरको अधिनमा रहि साहित्य संगीत मार्फत देशको कला संस्कृतिको श्रीबृध्दीमा अनवरत लागि रहने बचनबध्दता ब्यक्त गरे ।


कार्यक्रममा पोखरास्थित साहित्य, संगीत कथा नाटक तथा अन्य विधाका श्रष्टाहरुको तर्फबाट र्याण्डम रिडर्स सोसाईटीका अध्यक्ष रुपिन्द्र प्रभावी कटु, पुर्व प्राज्ञ हरिदेवी कोईरालाले गीतसमेत प्रस्तुत गरिन्। अनेसास सदस्य बरिष्ठ साहित्यकार बद्रि विनोद प्रतीक, अनेसास केन्द्रीय सदस्य रविन शर्मा, केन्द्रीय सदस्य सुमन वर्षा, सुरेन उप्रेती पुर्व केन्द्रीय महासचिव, एन वि अन्जान महासचिव अनेसास पोर्चुगल च्याप्टर, प्रेम भट्टराई पुर्व अध्यक्ष अनेसास कतार, कमला रिसाल ले गीत कविता मुक्तक गजल गैर कार्यक्रमलाई कवितामय गीतमय बनाउनु भएको थियो।  अनेसास सदस्यले  कार्यक्रमको सफलता तथा लेखक स्रष्टाहरुको साहित्य श्रीवृद्धिका बारेमा चर्चा तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी पुर्व कुलपति सरुभक्त श्रेष्ठले परदेश र घरदेशका साहित्य श्रष्टाहरुले मिलेर विगतमा पनि गर्दै आएको र अहिले पनि अझ बढि शसक्त रुपमा नेपालको भाषा संस्कृती तथा सिर्जना विश्वसामु पुर्याउन र विश्वको परिवेश नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्य संगीत साधकहरु तथा मान्यजनहरुलाई अनेसास नेपाल च्याप्टरका उपाधणयक्ष मंजीला अनिलले हार्दीक धन्यवाद ब्यक्त गर्दै महाकवि देवकोटाका गीत कविता वाचन गरेर सुनाइन । देवकोटाजस्तै लेख्न सक्नुपर्ने धारणा ब्यक्त गरिन्।

कार्यक्रमको समापनका अवसरमा बोल्दै अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र के सीले कार्यक्रम सफल पार्न भूमिका खेल्नुहुने र उपस्थित सबै विद्वतजन तथा मञ्चासिन आदरणीय व्यक्तित्वहरु सबै प्रति हार्दीक धन्यवाद ज्ञापन तथा साहित्य सेवार्थ जुटेका पोखरेलीहरुलाई बधाई शुभकामना ब्यक्त गरेका थिए ।