मृत अवस्थामा फेला परेका मानिस

 

काठमाडौं, १५ भदौ

कास्की, रुपा गाउँपालिका-६ चिसापानी बस्ने ५७ वर्षीय डिल बहादुर गुरुङ सोही ठाउँस्थित गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, कैलारी गाउँपालिका-९ सितलपुर बस्ने ४३ वर्षीया मनिसरा देवी पल्ली मगर आफ्नै घर नजिक खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

रौतहट, चन्द्रपुर नगरपालिका-४ लमाहा पुलस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.