मृत अवस्थामा फेला    

काठमाडौं, १६ भदौ

कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटस्थित मोहना नदीमा  हाल नाम, थर, वतन नखुलेकी करिब ७५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-८ गैंडातालस्थित पोखरीमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।